Breaking News

काठमाडौं । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार खुमन अधिकारीले पछिल्लो पटक सार्वजनिक गरेको लोक, दोहरी भाका ‘बाडुल्की…’ बोलको गीतले पनि यतिबेला सांगीतिक आकाश तरंगित तुल्याईरहेको छ । गीत त श्रमण योग्य छ नै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।

भिडियोमा अहिलेका ब्यस्त नायिका अनु पराजुलीको आकर्षक अभिनय देख्न सकिन्छ भने खुमन अधिकारीको भूमिका पनि भिडियोमा सुहाएको छ । तृष्णा म्युजिक प्रालिको प्रस्तुति, प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिसिङले खिचेका हुन् । कुमार अधिकारीको स्वर, संगीत रहेको गीतमा रमिला न्यौपाने लगायतले स्वरमा साथ दिएका छन् । यसमा बाबुराम बोहराको शब्द रहेको छ ।

प्रकाशित मिति : 2019-06-01

फेसबुक पेज

Categories