Breaking News

आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजले २८ गते शनिबार तनहुको आँबुखैरेनीमा एक विशेष समारोहका बीच सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा संघिय कानुनमन्त्री हरिबहादुर चौंहनको प्रमुख आतिथ्यतामा आबुँखैरेनी वाङ्मय पुरस्कार ‘भूइयाँ’ कृतिका स्रजर्क यज्ञश र ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ वरिष्ठ हास्य कलाकार उत्तम केसीलाई प्रदान गरको हो ।
दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थी विमला सारु मगरलाई प्रदान गरिएको छ ।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा सञ्चारकर्मी कृष्ण भुसाल र साहित्यकार कुमार नगरकोटीले बोलेका थिए । स्थानिय कलाकार तथा स्रष्टाहरुका साङ्गीतिक तथा साहित्यक प्रस्तुति रहेको कार्यक्रममा उत्तम केसी र गीता नेपालले प्रहसन प्रस्तुत गरेका थिए ।

सोअवसरमा सिस्नुपानी नेपालका माणिकरत्न शाक्य, साहित्यकार कुमार नगरकोटी, सञ्चारकर्मी कृष्ण भुसाल, मेकअप आर्टिष्ट श्याम बराल, कलाकार गीता नेपाल, कवि नारायण पोखरेल, गायिका पुजा सुनारलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजेश सोनाम र विशाल थापा मगरले गरेका थिए ।

प्रकाशित मिति : 2019-05-11

फेसबुक पेज

Categories