Breaking News

काठमाडौ । नायिका श्वेता खड्को दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना छिन् । ट्युमरबाट ग्रसित भएर अस्पताल भर्ना भएकी स्वेताको ट्युमरको सफल अप्रेसन गरिएको बताएकी छन् । उनले सटाटस लेख्दैे भनेकी शल्यक्रिया सफल भएपछि दोस्रो जीवन पाए ।
हेलो जीन्दगीको सुटिङमा व्यस्त रहेकी स्वेताको अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक मार्फत जानकारी दिएकी थिइन । उनले भनिन्, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो ।

मलाई तत्काल दिल्ली लगियो । डा। सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा। पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’ उक्त घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको उनी बताउँछिन् । ‘कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा हुँदैन ।’ उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् ।

श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् । फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् ।

प्रकाशित मिति : 2019-04-29

फेसबुक पेज

Categories