Breaking News

राकेश कर्ण ।
विराटनगर, चैत्र १९ । विराटनगर रोडशेष चौकस्थित सोमबार  राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा दीप प्रज्वलन कार्यक्रम गरेका छन ।

आईतबार बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी ३५ भन्दा बढीको मृत्यु प्रती श्रद्धाञ्जली र , ४०० भन्दा बढी घाईते तथा घरबार बिहिन भएका पिडितहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्न सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका मोरङ्ग जिल्ला संयोजक विपुल झा, राष्ट्रिय विद्यार्थी संघ महेन्द्र मोरङ्ग क्याम्पस ईकाई कमिटी अध्यक्ष निरज ठाकुर, सचीव  लेखनाथ मण्डल ,नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश नं. १ का संयोजक कमल पोख्रेल, नयाँ शक्ति विद्यार्थी युनियन महेन्द्र मोरङ्ग क्याम्पस ईकाई कमिटी अध्यक्ष तरुण बिक्रम खवास र सम्बन्धित सम्पुर्ण विद्यार्थीहरु लगायत स्थानीय सर्वसाधारण तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय विद्यार्थी संघका मोरङ्ग जिल्ला संयोजक विपुल झा, नयाँ शक्ति विद्यार्थी युनियनका प्रदेश संयोजक कमल पोख्रेल, पत्रकार राकेश कर्ण, पत्रकार शिवम मिश्र र पत्रकार हिरालाल शाहले आ-आफ्नो मन्तव्यसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

एक मिनेटको मौन धारण पश्चात् मृतकका परिवारहरुमा धैर्य धारण गर्ने शक्ति तथा सम्पुर्ण मृतकहरुप्रति चिरशान्तिको कामना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : 2019-04-02

फेसबुक पेज

Categories