Breaking News

आतिश कुमार देव
बिराटनगर १५ चैत । बिराटनगरबाट प्रकाशित हुने एक फरक पत्रीका न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल सम्मानित हुने भएको छ । चैत १६ गते दहेज मुक्त मिथिला र मैथिली जिन्दाबादको संयुक्त आयोजनामा हुन लागेको मैथिल स्रष्टा सम्मान समारोह मा उनलाई सम्मान गर्ने भएको छ ।
प्रत्येक वर्ष दहेज मुक्त मिथिलाले केही न केही गर्दै आएको हुनाले यस पल्ट मिथिला मैथिली क्षेत्रमा आ-आफ्नो तर्फबाट पुर्‍याएको योगदानलाइ मध्यनजर गर्दै सम्मान समारोह गर्न लागेको दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रवीण नारायण चौधरीले बताए ।
चैत १६ गते हुने समारोहमा पत्रकार शंकर खरेल संगै सञ्चारकर्मी एवं फिल्म निर्देशक बिरेन्द्र कुमार शाह , सञ्चारकर्मी प्रतीक श्रेष्ठ , गायक बिरेन्द्र कुमार झा, फिल्मकर्मी जयराम यदुवंशि,गीतकार सरोज मण्डल , फिल्म निर्देशक सन्तोष सरकार , गायक रोहित लाल यादव, समाजसेवी अम्लेश कर्ण,मोडल्लिङ क्षेत्रमा अगाडि बढ्दै गरेकी आंचल मल्लिक  लगायतलाई सम्मान गर्न लागिएको हो ।
दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रविण नारायण चौधरिले मिथिला मैथिली क्षेत्रमा योगदान पुर्‍याउने सम्पुर्णलाई दहेज मुक्त मिथिलाले सम्मान गर्ने बताए । उनले भने राम्रो काम गर्ने जति सबैलाइ हामी हौसला दिन्छौ र अगाडि बढ्न मदत गर्ने बताए । उनले भने “अहिले सम्मान गर्न लागिएको सबै जनाको मिथिला प्रती ठूलो योगदान रहेको छ , सबैले आ-आफ्नो क्षेत्रबाट निरन्तर कार्य गर्दै आएका छन ।

प्रकाशित मिति : 2019-03-29

फेसबुक पेज

Categories