Breaking News

काठमाडौं । माता सुर्मादेवी प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘कालो शहर’ देशब्यापी रुपमा प्रदर्शनको लागी तयारीमा रहेको छ । चलचित्रमा कथा तथा निर्देशन दिनेश सिंह ठकुरीको रहेको छ ।

निर्माण युनिटले चलचित्रको फस्ट लुक समेत सार्वजनिक गरिएको छ । फस्ट लुकमा सुशिल क्षेत्री , सुरज आ.डी. तथा रबिना खड्कालाई मुख्य कलाकारको रुपमा राखिएको छ भने अन्य कलाकारहरुमा लक्ष्मण विक्रम बस्नेत, तिर्सना बुढाथोकी, कुमार योगी, सुरज महरा, चन्द्र खड्का, प्रदिप रुम्बा लगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘कालो शहर’मा विशेषत राजनीतिक देखि तलको नाङ्लो पसलसम्म हुँने भ्रष्ट्राचार, लागु औषध, बाल यौन शोषण, कालो बजारी जस्ता आपराधिक कृयाकलापलाई उठान गरिएको निर्माण समूहको दाबी छ । दिपक सिंह साउँद प्रस्तुतकर्ता रहेको उक्त चलचित्रकी निर्मात्री मुना साउँद ‘जि.सी.’ हन् । संगीत, राजेन्द्र चौधरी, द्वन्द बिक्रम चौहानको रहेको छ ।

प्रकाशित मिति : 2018-12-16

फेसबुक पेज

Categories