Breaking News

भुमिनन्द नेपाल
काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यारोलिनाको सार्लोट सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो । ग्लोबल नेपाली चलचित्र, संगीत संचार र सामाजिक अवार्ड २०१८ को लागि आयोजक सस्थाले नोमिनेशन दर्ता फारम खुल्ला गरेको छ । चलचित्र, संगीत, संचार र सामाजिक विधा तथा उक्त विधाका विभिन्न सब क्याट्गोरिमा गर्न लागिएको यस अवार्डको लागि लभ एन्ड सर्पोट फाउन्डेशनका निर्देशक शिव विष्टले सहभागिता फारम भर्न इच्छुक महानुभाबहरुलाई आव्हान गरेका छन् ।

उक्त अवार्डलाइ सभ्य तथा भब्यताको रुपमा सफल पार्न अहिले आयोजक कमिटि युद्द स्तरमा तयारीमा जुटेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।

जिएनएफए र लभ एन्ड सर्पोट फाउन्डेशन  युएसएको संयुक्त आयोजनामा हुने यो अवार्डको आयोजकमा युएसएबाट लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राई, लभ एन्ड सर्पोट फाउन्डेशनका निर्देशक शिव विष्ट रहेका छन् भने नेपालबाट नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ संयोजक रहेका छन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । नेपाली चलचित्रकर्मी, संचारकर्मी, संगीतकर्मी, तथा सामजिक अभियन्ताहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रबर्दन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको जिएनएफएका अधक्ष्य नबराज श्रेष्ठले गराएका छन् ।

नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राई लगायतका आयोजक सस्थाका सदश्यहरु तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डलाइ चलचित्र क्षेत्रको भब्य महोत्सबको रुपमा मनाउन जुटेका छन् ।

प्रकाशित मिति : 2018-11-02

फेसबुक पेज

Categories