Breaking News

काठमाडौँ, २० भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको ६ जनालाई पक्राउ गरेको छ ।नक्कली सुनलाई सक्कली भन्दै हिडेका धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै डुलिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई पक्राउ गरेको थियो । हिजो उनिहरुलाई महानगरीय प्रहरी परिसरमा सार्वजनिक गरिएको हो । यस बारे आवश्यक अनुसन्धान भइरहेको काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए।

 

प्रकाशित मिति : 2018-09-05

फेसबुक पेज

Categories