Breaking News

काठमाडौँ । नेपाली गीत सङ्गितको क्षेत्रमा पुरानो पुस्ताका कालजयी गीतहरुलाइ नया पुस्तामा उदाउदै गरेका नब कलाकारहरुले कभर सङ नाम दिएर सोही गीतलाइ जस्ताको त्यस्तै म्युजिक ट्रयाकमा गाउने प्रचलन हिजो आज व्यापक मात्रामा बजारमा देख्न सकिन्छ ।

सोही क्रममा पाँचथर स्थाइ घर भएकी कक्षा १२ मा अध्यनरत हाल चाबहिल स्थित मुर्छना सङ्गीत पाठसालामा सङ्गितको साधना गरिरहेकी सुमधुर स्वरकी धनी मुना ठटालको कभर सङ्ग “आँखामा आउने तस्बिर तिम्रो” भर्खरै सार्बजनिक भएको छ । जुन गीतमा बास्तबिक आवाज भारतीय चर्चित गायिका सन्जिबनीको रहेको छ भने शब्द सङ्गीत सुरेस अधिकारीको रहेको छ । उनको यस कभर गीतको बिसयमा मुर्छना सङ्गीत पाठशालाका अध्यक्ष तथा बरिष्ट सङितकार अनि गुरु प्रेमकृष्ण बजगाइलाई सोधिएको फरक प्रसङ्गमा मुना निकै सम्भाबना बोकेकी गायिका हुन् । यस पाठसालाले उनीबाट निकै आशा गरेको र सफल गायिका बन्ने बिस्वास पनि ब्यक्त गरेका छन् ।

यस गीतको कभर भिडियोलाई छायांकन तथा सम्पादन जिबन निरौलाले गरेका हुन् भने गीतलाई थप मिठासता प्रदान गर्नका निमित्त हार्मोनियममा प्रेम कृष्ण बजगाई, तबलामा फरिन परियार, गिटारमा नवेल लामा रहेका छन् भने रेकर्ड सुरेन्द्र श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=fKNp0DT-8gM

प्रकाशित मिति : 2018-08-24

फेसबुक पेज

Categories