Breaking News

ईटहरी । कला भएर पनि आफ्नो गायन कलालाई अघि बढाउन नसकेको नव प्रतिभा सपन श्रेष्ठलाई पेस्को मेकअप स्टुडियो ईटहरीले आर्थिक सहयोग गरेको छ । पछिल्लो समय उनको गीत रेकर्ड तथा भिडियो निर्माणको लागि केही आर्थिक अभाव भैरहेको थियो । करिब १ महिना अघिबाट युट्युबमा एक अन्तरबार्ता सार्बजनिक भएपछि उनको गायन कलाले चर्चा पाएको थियो ।

पेस्को सन्चालिका मनिता तामाङले सपनको गायन कला युट्युबमा देखेपछि ५ हजार आर्थिक सहयोग गरेकी हुन् । बिगत २७ बर्षदेखि ईटहरीमा मनिताको मम्मिले रुपकला ब्युटी पार्लर संचालन गर्दै आईरहेकी छिन् । आफ्नो मम्मिको पेशालाई आत्मसात गर्दै पछिल्लो समय बढ्दै गएको आधुनिकीकरण लाई ख्याल गरेर मनिताले केही महिना मात्र अत्याधुनिक स्टुडियो सहित पेस्को संचालनमा ल्याएकी हुन् ।

सपनले युट्युबमा धेरैको माया पाएका छन भने उनलाई हौसला दिनेहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । सपनको “सुरमै जादु छ” बोलको पहिलो गीतको ट्र्याक गायक कमल खत्रीले उपलब्ध गराईसकेका छन् । हाल सपन सोही गीत रेकर्डिङको लागि तयारी गरिरहेका छन् ।भिडियोको लागि द मोन्टाज क्रीयशन काठमाडौका पवन सुस्लिङले छायांकन र सम्पादनको जिम्मा सपन सुरुमा मिडियामा आउने साथ लिएका थिए ।

यता भिडियोमा मोडलिङको लागि ‘रातो लिबिस्टिक’, ‘महसुस’ लगायत थुप्रै भिडियो खेलेर चर्चामा आएका सुभम शाहले सपनलाई सहयोग स्वरुप बिना पारिश्रमिक अभिनय गर्ने पक्का भएको छ भने केटि मोडल भने फिक्स हुन बाकी नै रहेको छ । गीत रेकर्ड देखि भिडियो निर्माण सम्मको ब्यवस्था मिलाउन सुरुदेखि जुटेका डिथ्री अनलाइनका सुवास संकल्पले ‘अब बाकी केही रकम अपुग छ, सो रकम उठिसके पछि काठमाडौ गीत रेकर्डका लागि जाने र रेकर्ड पछि लगत्तै भिडियो छायांकन पनि गरेर फर्किने’ जानकारी गराए ।

प्रकाशित मिति : 2018-08-14

फेसबुक पेज

Categories