Breaking News

काठमान्डौ । भर्सटाएल गायक तथा संगीतकार चिरन्जिबी भण्डारीको बिल्कुलै नया पृथक टाईपको रकिङ्ग गीत सार्वजनिक भएको छ । बिगत १४ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत खटिरहेका गायक संगीतकार चिरन्जीवी प्लेब्याक गायकका रुपमा स्रोता दर्शका रपमा आफुलाई चिनाएका छन्
। २०७३ सालमा उनले गाएको रेलिमाई फिल्मको गीत ‘चट्टै मुटु काटेर’ सर्वाधिक हिट गीत हो । उनले गाएको दीप ज्योति फिल्मको ‘झ्याना पुलटुंग’ गीत बाट पनि चर्चा कमाएका गायक रकिङ्ग फ्युजन गीत गाउने गायक हुन् । यहि खुबी देखेर संगीतकार किशोर खतिवडाले आफ्नो संगीतमा बरिष्ठ गीतकार बि बि थापाको शब्द रहेको गीतलाइ रकिङ्ग फ्युजनमा रकिङ्ग गायक चिरन्जीवीलाई गाउन लगाई गायक चिरन्जीवीले गाएका हुन् ।

संगीतकार किशोर खतिवडाले गायक चिरंजिविलाई गायक भनि बोलाउँथे । त्यसै अनुरुप सो गीतको एल्बमको नाम पनि भ्हतचबब राखेको गायक चिरन्जीवी बताउंछन्, यो नाम वहाँ कै देन हो । गायक चिरन्जिबी भन्छन, तर यो गीतको भिडियो वहाँ हेर्न पाउनु भएन भिडियो रिलिज आगावई वहांको निधन भयो । त्यसमा दुखि छु ्र भिडियो बन्यो तर वहाँ हामि बीच रहनु भएन । ्र यस गीतको शब्द बीस्बी थाको रहेको छ भने ,संगीत स्वर्गीय किशोर खतिवडा,संगीत संयोजन आगा लामाको ,रहेको छ्र ।

गीतको भिडियोमा भुवन स्यान्बो तामांग,को निर्देशन ,ज्ञानेन्द्र शर्माको छायांकन ,सुर्य योञ्जनको कोरोयोग्रफी ,ग्रुभी बोयजको डान्स ,माधव बेलबासेको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मोडल डान्सर नयन डिसी र सुयासी कार्कीको अभिनय र नृत्य रहेको छ ।

गीतको भिडियोमा राजकुमार महर्जनको लगानी रहेको छ । गीतको मिक्सिंग मास्टरिङ्ग कृष्ण महर्जनको रहेको छ । गीतको भिडियो यु ट्युब च्यानल बाट अपलोड गरिएको छ ।

भिडियो सहित

https://youtube.com/watch?v=qeLM7n9YlLI

प्रकाशित मिति : 2018-08-09

फेसबुक पेज

Categories