Breaking News

मोरङ, २६ वैशाख ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ ।

सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 2018-05-09

फेसबुक पेज

Categories