Breaking News

काठमाडौं । प्रतिनिधि सभाकी सांसद निरुदेवी पालमाथि पेसतोल तेर्साएको भन्दै प्रहरीले यस घटनाको अनुसन्धान थालेको छ । अुनसन्धानका क्रमा अहिलेसम्म प्रहरीले ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठामाडौंको नयाँ वानेश्वर क्षेत्रबाट शंकास्पद ६५ जनाभन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् । मंगलबार साँझ बानेश्वरमै अज्ञात हतियारधारी समूहले कञ्चटमा पेस्तोल तेस्र्याएर धम्क्याएको आरोप सांसद पालले लगाउँदै आएकी छन् ।

एसएसपी पोखरेलकै नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै प्रकृतिका व्यक्तिहरु रहेको एसएसपी पोखरेलले बताएका छन् । बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै क्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग गरेका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद पालमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीउपर कार्वाही गर्न सरकार सचेत रहेको बताएका छन् ।

प्रकाशित मिति : 2018-08-03

फेसबुक पेज

Categories