Breaking News

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरका कारण निर्देशक फरहान अख्तरले पत्नीसँग केहि समय अघि डिभोर्स गरेका छन् । श्रद्धा र फरहानबीच अफेयर चलेपछि फरहान र पत्नीबीच विवाद भएको थियो ।

फरहान र श्रद्धा ‘लिभ ईन टूगेदर’मा बस्न थाले थाले पछि उनका श्रीमानले डिभोर्स थिए । श्रद्धाका बाबु शक्ति कपूरले छोरीलाई जबरजस्ती घर फर्काएर ल्याएका थिए । खासमा आफ्नो पतिसँग के कुरामा डिभोर्स भन्ने बारेमा कैिलाई पनि मुख खोलेकी छैनन् । उनका श्रीमान फरहानले उनको बारेमा मुख खोलेका छन् ।

श्रद्धाले आफ्नो इन्टाग्राममा अचानक फरहानालाई अनफलो गरेकी छिन् । यसबाट यी दुईबीचको सम्वन्ध तोडिएको आशं ागर्न थालिएको छ । श्रद्धा कपूरले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छिन् ।

‘विश्वास गरेको मान्छेले दिल तोडिँदिँदा सहन गाह्रो हुँदो रहेछ’, श्रद्धा कपूरले भनेकी छिन् । कसले तपाईंको दिल तोड्यो भन्ने पत्रकारको प्रश्नमा श्रद्धा कपूरले ‘आफैं अनुमान गर्नुस्’ भनेर जवाफ दिइन् । दिल तोडिदा आफू धेरै दिन रोएको उनले बताएकी छिन् ।

फरहानसँग श्रद्धाले फिल्म ‘रक अन २’ मा काम गर्दा उनीहरूबीच प्रेम शुरु भएको थियो । यसअघि श्रद्धा कपूर आदित्य कपूरसँग अफेयरमा थिइन् । आदित्यसँग श्रद्धाले ‘आशिकी २’ र ‘ओके जानु’मा सँगै काम गरेकी थिइन् । एजेन्सी

प्रकाशित मिति : 2018-08-03

फेसबुक पेज

Categories