Breaking News

पोखरा । नायक आर्यन सिग्देलले निर्माण गरेका चलचित्र प्रदर्शनको सघारमा प्रसारप्रचारमा तिब्रता दिएको । आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कायरा चलचित्र आर्यनको होम प्रोडक्सनमा निर्माण भएकोे ’ हो ।
हिजो पोखरामा पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफैँ पनि प्रेमीले सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले ‘कायरा’ मायाप्रेम, हाँसो, रोदनको समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ आशा छ कथालाई मन पराउनुहुनेछ ।’

नायक आर्यन सिग्देल २ बर्ष पछि चलचित्रमा फर्केका छन् । उनले यस अघि खेलेका चलचित्रले व्यापार नगरे पछि उनी ग्यापमा बसेका थिए । नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ नायकहरुसँग काम गर्नु र अनुभविसँग काम गर्नु आकाश जमिनको भिन्नता रहेको बताइन् । ‘नयाँसँग कामगर्दा आफूले नै कहिले काहिँ सिकाउनुपर्ने जब म आफैँ अनुभवि भैसकेको छैन्, आर्यनसँग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाँए,’ साम्राज्ञीको भनाई छ ।

प्रकाशित मिति : 2018-07-29

फेसबुक पेज

Categories