Breaking News

स्टार दैनिक पत्रिका
काठमाडौँ २६ आषाढ । राष्ट्रिय खेलकुद परिषद् राखेप ले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १।५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो । जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो ।

वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गर्नुभएको थियो ।  भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ।

 

प्रकाशित मिति : 2018-07-10

फेसबुक पेज

Categories