Breaking News

सयुक्त राज्य अमेरिकाको पेन्सीलभानिया राज्यको हेरिस्वर्ग निवासी साहित्यकार शेखर कोइराला(चन्द्र) एक सफल लेखक हुनुहुन्छ । वि.सं. २०४० सालमा पिता श्री हेमलाल कोइराला र माता स्व. जमुना कोइरालाको कोखबाट भूटानको सर्भाङस्थित कालीखोला जन्मिनु भएका साहित्यकार शेखर सानै उमेर देखि साहित्य र संगीतमा रूची राख्नु हुन्थियो। आधी दर्जन भन्दा बढी गीत रेकर्ड भैसकेका उहाको गत बर्ष मात्रै गीती कविता संग्रह ”ममता” सार्वजनिक भैसकेको छ भने गजल संग्रह “प्रेमाश्रु” छिट्टै नै प्रकाशन हुने तयारीमा छ । यसअघि “ए सानी” ,“आमा” र “लुकीलुकी के सिठ्ठी बजाउँछौ” बजारमा आइसकेका लेखक चन्द्रको “सोल्टिनी नानी” र “जलाएर गयौ”चाँडै बजारमा आउदै छ भने उहा नयाँ गीती एल्बम ,कविता संग्रहहरूको प्रकाशनको तयारीमा पनि हुनुहुन्छ।
त्रिवेणी साहित्य मञ्च,पेन्सीलभानिया, भूटानी अमेरीकन संगीत संगठनको साथै विभिन्न साहित्यिक,सांस्कृतिक तथा सांगीतिक संस्थाहरूमा सक्रिय भएर आबद्ध गीतकार सांगीतिक र साहित्यिक जगतमा स्व. माता जमुना कोइरालाको प्रेरणास्रोतले लागेको बताउनु हुन्छ । हाल अमेरिकामा पिता, श्रीमती ,एक छोरी र एक छोरोको साथमा रहदै आउनु भएका लेखक चन्द्रले साहित्य एब गीत लेखनलाइ निरन्तरता दीइरहने बताउनु भयो ।
उहाको बाल्यकाल र कसरी लेखनमा आउनु भयो भनेर सोध्धा यसो भन्नुहुन्छ
”जन्मेदेखि ९ बर्षसम्म जन्मभुमीको माटोको रङ्सँग खेलें त्यसपश्चात देशछोड्दाको पिडा त छँदै थियो सानो मुटुमा….. बिसौं वर्ष नेपाली भूमीमा शरणार्थी जीवन भोगाईमा गाँसबास अनि कपासको अनिकालमा मडारीरहे ,मनमा अनेकौं भावनाहरू खेल्न थाले। बिद्धार्थी जीवनमा स-साना कार्यक्रमहरूमा भाग लिँदै संगीत र साहित्यिक पाटोमा कलम चलाउन सुरूवात गरेको हुँ। सम्हालिदै थिँए…फेरी विदेशीनु पर्यो र विदेशी भूमीमा आमा गुमाउनाले झन चकनाचुर भए ।कोखदेखी स्याहारेर जवानी र जीन्दगीको भोग गराइदिने आमाले चटक्कै छोडेको पिडाको बयान गर्न नसकेर उनकै सम्झनामा डुब्न थालेछु..! पत्तै भएन।”

 

प्रकाशित मिति : 2021-01-12

फेसबुक पेज

Categories