Breaking News

समाजसेवी एवं गायक पूर्ण लिम्बुको नया गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । लामो समयको अन्तराल पछि उनले “सोल्टिनी” बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । प्रेम कृष्ण बजगाईंको शब्द र संगीत रहेको उक्त गीतलाई शिला बहादुर मोक्तानले अरेन्ज गरेका हुन् । गीतमा पूर्ण लिम्बुलाई स्वरमा मेलिना राईले साथ दिएकी छिन् ।

गीतको भिडियो निकै आकर्षक बनेको देखिन्छ । भिडियोमा फिल्म क्षेत्रमा निकै सफल नायक दयाहाङ राई र नायिका रेबिका गुरुङको अभिनय रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सन्तोष शाहले सम्पादन गरेका हुन् । भिडियोलाई चर्चित तथा राष्ट्रिय पुरस्कारबाट सम्मानित निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

गीतले माया प्रेमको भाव बोल्छ । गीतको शब्द निकै सरल तर अर्थपूर्ण रहेको छ जसमा संगीतको राम्रो समायोजन रहेको छ । प्राय मार्मिक शैलीको गीत गाउँ रुचाउने र त्यहि अनुरुप गीत बाहिर लिएर आउने पूर्ण लिम्बुले यसपटक भने दर्शकलाई केहि नया कुराको स्वाद प्रदान गरौ भनेर यो गीत निकालेको गायक पूर्ण लिम्बुको भनाई रहेको छ ।

गीत संगै भिडियोमा पनि निकै मेहेनत गरेको देखिन्छ । फिल्म संगै म्युजिक भिडियोमा उत्तिकै दख्खल राख्ने निर्देशक मिलन चाम्सले भिडियोलाई पूर्ण रुपमा न्याय गरेको देखिन्छ । गीतको भावलाई बुझेर भिडियोमा नेपाली मौलिक कुराको बढी प्रयोग गरिएको छ जसले भिडियोलाई अझ बढी आकर्षक बनाएको छ । गायक पूर्ण लिम्बु बहुप्रतिभाशाली व्यक्ति हुन् । उनि एकातर्फ समाजसेवामा तल्लिन छन् भने अर्को तर्फ गीत संगीतमा उत्तिकै हिसाबले समय बिताउछन् । उनको लामो समयको मेहेनतको कारण नै केहि समय अगाडी मात्र उनि नेपाल सरकारको तर्फबाट राष्ट्रपतिबाट प्राप्त हुने प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भए ।

धेरैलाई थाहा भएकै कुरा हो उनि गीत संगीतको मार्फतबाट पनि समाजसेवामा नै अग्रसर रहेका छन् । उनले गरेका कामले देशभर नै निकै प्रशंसा बटुलेको छ । हरेक वर्गलाई उनको सेवा पुगेको छ । उनि आफुलाई समाजसेवी गायकको रुपमा चिनाउन रुची राख्दछन । यसकारण पनि उनि प्राय समाजमा भएका वास्तविक कुरालाई समेटेर गीत तयार पार्छन ।
उनले आज सम्म दर्शक श्रोताको मायाले नै आफुले गीत संगीतलाई समाजसेवाको रुपमा नया तरिकाले प्रयोग गर्न सकेको र आगामी दिन समेत आफुलाई दर्शकहरुको साथ र मायाको आवश्यकता रहने बताएका छन् । आफ्नो थुप्रै नया गीतहरु अब आउने तयारीमा रहेको बताउदै उनले आफ्नो गीत हेरेर केहि कमजोरी भए सल्लहा सुझाब दिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : 2021-01-12

फेसबुक पेज

Categories