Breaking News

काठमाडौ । अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाई टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् । गीतले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाई जोडेको छ ।

गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज रहेको छ । शिव हमालको संगीत रहेको गीतमा शब्द घनश्याम रिजालको रहेको छ । राजेन्द्र नेपालीको सम्पादन, निर्देशन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपालले अभिनय गरेका छन् । गीतको भिडियो घनश्याम रिजाललको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : 2021-01-11

फेसबुक पेज

Categories