Breaking News

देशका चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ पृथ्वीजयन्तीतथाराष्ट्रिय एकतादिवसको अवसर पारेर सार्वजनिकभएको छ । गीतमा सत्यमोहन जोशी, नीर शाहदेखि आकाशश्रेष्ठसम्मको अभिनय रहेको छ । सच्चा नेपालीको गुण बनाउने गीतमा देविकाबन्दना र राजनइशानको स्वर रहेको छ । आनन्दअधिकारीको रचना रहेको गीतमा संगीतसमेत राजनकै रहेको छ । गीतको भिडियोको निर्देशनभने अभिनेत्रीतथानिर्माता रोशनी केसीले गरेकीहुन् । उनले ४ दिनलगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्रमाआदिमागीत सुटिङ गरिएको जानकारी गराइन् ।

‘कलाकार जुटाएर कामगर्न एकदमै गाह्रो थियो । तर, आजजताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं,’ रोशनीले भनिन् ,‘यसले नेतातथाकार्यकर्तालाई पनि झक्झक्याउने विश्वास लिएकी छु ।’ फिल्म ‘यात्रा’कानिर्माताचिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मामानन्धर, निर्मल शर्मा, राजारामपौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजनप्रधान, प्रशान्तताम्राकार, आकाशश्रेष्ठ, उषा खड्गी, कविताशर्मा, दीलिप रायमाझी, गायिका देविकाबन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्माहमाललगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।
रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिशफागोको कलर करेक्सन रहेको छ ।
भिडियोको लिंक

प्रकाशित मिति : 2021-01-11

फेसबुक पेज

Categories