Breaking News

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक भए संगै दर्शकको रोजाइमा पर्न सफल भएको छ । ४ दिन अघि मात्रै सार्वजनिक भएको गीतको भिडियो अहिले युट्युबको नेपाल ट्रेडिंङको अग्रस्थानमा उक्लिदै गरेको छ । यो समाचार तयार गर्दा सम्म ‘जोगी भए’ गीत युट्युबको ट्रेडिंगको २२ सौ स्थानमा रहेको छ भने भिडियोलाई ४ लाख ५० हजार पटक हेरिएको छ । चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली ”ईट्टाघरे”को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सगै लोकप्रिय गायिका मेलिना राइको युगल स्वर रहेको छ ।
गीतमा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले रुचाएका कारण करोडौ क्लबमा प्रवेश गरिसकेका छन् ।

 

प्रकाशित मिति : 2020-11-18

फेसबुक पेज

Categories