Breaking News

काठमाडौँ।लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘यादका लहरहरु’को भिडियो सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको गीतको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरलाई फिचर्ड गरिएको छ। उत्तम हुमागाईंले छायाँकन र प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोलाई हरी हुमागाईंले निर्देशन गरेका हुन
धेरै चलचित्रमा राजेश र करिश्माको जोडीलाई दर्शकले मन पराएका थिए । बेला बेला म्युजिक भिडियोमा समेत देखिने जोडीको यो भिडियोलाई पनि दर्शकले राम्रा राम्रा कमेन्टहरु राखेर रुचाएको प्रतिक्रिया दिएका छन । ‘यादका लहरहरु’को भिडियोलाई एसियन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई यु ट्युब लगायत संसारभर ७० वटा भन्दा बढी डिजिटल प्लाटफर्म मार्फत पनि हेर्न र सुन्न सकिने एसियन म्युजिकका एम डी ईश्वर गुरुङले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति : 2020-11-14

फेसबुक पेज

Categories