Breaking News

काठमाडौं ।जेठ ७ गते नेपाल सरकारले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान
केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको देशप्रेम गीत ‘कालापानी सिमाना’को म्युजिक भिडियो सार्वजनिक भएको छ
गीतमा अम्बर तुम्बापो र किरण गजमेरको संगीत र कमल राईले संगीत संयोजन रहेको छ । गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ , पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर सुन्न सकिन्छ। देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ। हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।
अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि ‘पानी पिउने बहानामा’ , ‘हामी संग संगै हिड्दा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति : 2020-11-14

फेसबुक पेज

Categories