Breaking News

काठमाण्डौ । नेपाली संगीतिक क्षेत्रमा ३ दशक बिताईसकेका चर्चित गायक कविन्द्र श्रेष्ठ, प्रबिशा अधिकारी र विश्व प्रधानको स्वर रहेको ‘मखमली तिहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा महेश ज्ञवालीको संगीत तथा सन्दिप दाङ्गीको शब्द रहेको छ । भिडियोलाई स्वयम गायक विश्व प्रधानले नै निर्देशन गरेका छन भने कबिन्द्र श्रेष्ठ , बिश्व प्रधान, महेश ज्ञवली, क्रिस्टिना श्रेष्ठ, राजन थापा, सोनी लामा, बिद्या कार्की, शंकर सेढाई, रश्मी श्रेष्ठ, नारायण पौडेल लगायतलाई फिचर्ड गरिएको छ ।

तिहारको माहोल र देउसीको रमाइलो माहोल देख्न भिडियोलाई अमृत सुनुवारले छँयाकन गरेका छन भने सम्पादन माधव बेल्बासेले गरेका हुन । वरिष्ठ कोरियोग्राफर भुवन श्रेष्ठले कोरियोग्राफी गरेका छन भने उनलाई कोरियोग्राफर केशव कोइरालाले सघाएका छन ।

प्रकाशित मिति : 2020-11-13

फेसबुक पेज

Categories