Breaking News

नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम हाल अमेरिकाको बाल्टिमोरमा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की अमेरिकामा हरेक वर्ष हुने खेलकुदको राष्ट्रव्यापी अवार्ड ‘बेस्ट मार्सलआर्टस इन्सटक्चर अफ द यर’को नोमिनेसनमा परेका छन ।
१९९२ देखि २००२ सम्म नेपालको राष्ट्रिय खेलाडी र १९९५ देखि सन् २००८ सम्म सरकारी तेक्वान्दो प्रशिक्षकका रुपमा काम गरेका मास्टर कुमार कार्की राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका गोल्ड मेडलिस्ट हुन् । लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा तेक्वान्दो खेल र नयाँ नयाँ युवा खेलाडीको उत्पादनमा उल्लेखीय भूमिका खेलेका मास्टर कुमार कार्कीले नेपालमा समाजसेवाको काम पनि गर्दै आउनु भएको छ उहाले केहि समय अगाडी कोभिड १९ कारण भएको लामो लकडाउनलाइ मध्यनजर गर्दै निम्न आय भएका आफ्ना खेलाडी र खेलकर्मीहरुलाइ राहत सहयोग गर्नु भएको थियो । उहाले सम्पूर्ण खेलप्रेमी समुदाय, खेलाडी र कोचहरुमा भोट गरेर आफुलाई जिताउनको लागी बिशेस आग्रह गर्नु भएको छ ।

मास्टर कुमार कार्कीलाइ भोट गर्नको लागी तल दिएको लिन्कमा गएर निम्न प्रक्रियालाई अपनाइ भोट गर्न पर्ने हुनेछ ।
१) लिन्क लाई खोल्नु होस ।
२) लिन्क खोले पछि अन्य मास्टर्सहरुको फोटो देख्नु हुनेछ उहाहरुको तल क्रोल गरेर लगभग २४ फोटो मुनि कुमार कार्की ज्युको फोटो मा जानु पर्नेछ ।
३) कुमार कार्की ज्युको फोटोको तल क्लिक गरे पछि Im not robot ko खाली बक्समा क्लिक गरि तपाईंले जति पनि भोट गर्न सक्नु हुनेछ।

https://www.greatmats.com/2020-greatmats-national-striking-martial-arts-instructor-of-the-year.php?fbclid=IwAR34Bd4GTEsr5jJ2bw_YhhcmUSYTKijPoWAjvW2cB_d-0-bqVEZ3w3SmNjg

 

प्रकाशित मिति : 2020-11-09

फेसबुक पेज

Categories