Breaking News

हेटौडा २३ कात्तिक । धरान चतरा राजमार्गको हर्नामाडी, हटिया सडक खण्ड पिच बने पछि यातायतको संख्यामा बढोत्तरी भएको छ । पहिलो पटक भविष्यमा हुन सक्ने सडक दुर्घट्नालाई लिएर हेटौंडा–१८ हर्नामाडीमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजिक ब्यक्तित्व एवं नेपाली कांग्रेसका युवा नेता शैलेन्द्रराज बानियाँको विशेष पहलमा ठूलोदमारमा अस्थायी ट्राफिक प्रहरी बिट स्थापना गर्न सफल भएको हो । कार्यक्रममा प्रहरी चौकी ठूलोदमारका इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल र ट्राफिक प्रहरी बिटका हवल्दार देवीप्रसाद देवकोटाले दुर्घट्ना एवं अपराध न्यूनिकरणका लागि स्थानीय समुदायको सहयोग अनिवार्य रहेकोमा जोड दिईएका थिए । प्रहरी चौकी ठूलोदमार र अस्थायी ट्राफिक प्रहरी बिटको संयुक्त प्रयासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे ।

वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु गोपाल थापा, रामकृष्ण बानियाँ शीव रिजाल, केशव पण्डित लगायत यातायातकर्मी र सामाजिक संघ, संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो ।

प्रकाशित मिति : 2020-11-08

फेसबुक पेज

Categories