Breaking News

बलिउड अभिनेत्री मलाइका अरोरालाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कोरोना भाइरस प्ररीक्षणमा पोजेटिभ रिपोर्ट आएको बताएकी छन् । उनले लामो स्टाटस लेख्दै भनेकी छन् –‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु । मलाई लक्षण देखिएको छ । र यसका सबै मापदण्ड पछ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वारेन्टाइनमा बस्नेछु । तपाईँहरु सबैलाई शान्त र सुरक्षित रुपमा बस्न आग्रह पनि गर्छु । साथै सहयोगका लागि सबैलाई धन्यवाद ।’

बलिउडका कलाकारमा कोरोना संक्रमण तिव्रगतिमा फैलिरहेको छ । भारत सरकारल केहि हप्ता देखि फिल्म तथा म्युजिक भिडियो लगायतलाई सुटिङ गर्न अनुमती दिएको थियो । सुटिङ गर्दा विभिन्न मापदण्ड पुरा गर्नु भन्दै सुटिङका लागि अनुमती दिएको । अहिले बलिउडमा फिल्म हल तथा पाटी भोज तथा सेमिनार बाहेक सबै जसो खुलिसकेका छन् ।

प्रकाशित मिति : 2020-09-08

फेसबुक पेज

Categories