Breaking News

एक बर्ष देखि यता अभिनेता सलिनमान बनियाँको हातमा एउटा पनि छैन । उनले कुनै फिल्ममा पन िसाइन गरेका पनि छैनन् । किनभने उनलाई निर्माता निर्देशकले पत्याउन छोडेका हुन् की भन्ने धेरैले आकलन काटेका थिए ।

तर उनी फिल्ममा आउन लागेका हल्ला सामाजिक सञ्जाल मार्फत हल्ला हुन थालेको छ । हालै सलिनमानले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफमा आफु चाँडै सरप्राइजका रुपमा दर्शकमाझ आउन लागेको बताएका छन् । उनले फ्यानलाई अड्काइ राख्नका लागि यसो भनेका पो हुन की भन्ने धेरैलाई लाग्न पनि सक्छ । कोरोना महामारीका कारण फिल्म बन्ने अत्तो पत्तो नभएको बेला सरप्राइज भनेर गफै दिएको त होइन सलिन ।

फेरि उनले के खुलासा पनि गरेका छन् भने आफु चाँडै विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । इन्स्टामा फ्यानसँग उनले चाँडै नै आफ्नी प्रेमिकासँग विवाह गर्न लागेको बताएपछि विवाहको चर्चा बाहिर आएको हो । विवाह पछि त खै फिल्ममा आउँने छाँटकाँट त देखिदैन है सलिन । विवाह अगाडी त यस्तो छ ।

प्रकाशित मिति : 2020-08-25

फेसबुक पेज

Categories