Breaking News

काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ चाडै नै सार्वजनिक हुदै छ । गीतको म्युजिक भिडियोको केहि दिन पहिला छायांकन गरिएको हो । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर हेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय गरेका छन् ।

राजन शाहीको कोरियोग्राफी रहेको यो भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी रहेको छ , माधव बेलबासेको सम्पादन रहने भिडियोको हाल पोस्टको काम भैरहेको निर्देशक प्रहिल कार्कीले जानकारी दिए मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।

 

 

प्रकाशित मिति : 2020-08-18

फेसबुक पेज

Categories