Breaking News

नयाँ ब्यवस्थापन सहित प्राकृतिक दृश्यावलोकन सहित ललितपुरको बालकुमारी आकासे पुलको ठिक पश्चिम हाईवेसंगै सञ्चालनमा आईरहेको छ ‘कौशी क्याफे एण्ड लन्ज’ जहाँ स्वास्थ्य, हाइजेनिक, फ्रेस र मीठो खानेकुराका लागि प्रख्यात ‘कोशि’ सेकुवाका पारखीहरुका लागि पनि रोजाईको स्थान बन्दै गइरहेको छ ।

‘स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको पारिवारिक वातावरणमा रमाउन सकिने उपयुक्त गन्तब्य हो’, भनी दाबी गर्ने सञ्चालिका मध्येकी एक प्रियंका अधिकारी चलचित्र ‘मदहोस’ की नायिका पनि हुन् । सबै क्षेत्र धरासाही बनिरहेको बखत रेष्टुरेण्ट ब्यवसाय सञ्चालनमा सकृय हुने जमर्कोमा जुटेकी प्रियंकासंग स्टारपत्रिकाले गरेको संक्षिप्त कुराकानीः
० कौशी सेकुवा कर्नल कस्तो खालको क्याफे हो  ?
कौशी ग्राहकको चाहनाअनुसार सम्पूर्ण खानाहरु उपलब्ध हुने, पूर्णस्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको, पारिवारिक वातावरणमा रमाउन सकिने उपयुक्त स्थान हो भन्ने मलाई लाग्छ । म आफैंले बयान गर्नुभन्दा पनि यहाँ आउने ग्राहकले गरेको तारिफले हामीलाई मख्ख पारेको छ । यहाँ सय जनासम्मको पार्टी, सेमिनार, प्रेसमिट गर्न सकिने छ ।
० कसरी सुरूवात गर्नुभयो यो व्यवसाय  ?
लामो समय दुबाई बसाईमा धेरै कुराको अनुभव बटुल्ने अवसर मिल्यो । त्यहाँको अनुभव नेपालमा केही गरौं भन्ने थियो । पहिले देखि मलाई रेष्टुरेण्ट व्यवसाय गर्ने चाहना थियो । कोरानाको कहरले बिश्व आक्रान्त भएको र सबै क्षेत्र प्रभावित बनेको अवस्था भएपनि हामीले रेष्टुरेण्ट सञ्चानलमा ल्याउने प्रयास गरेका छौ । सबैको साथ र सहयोगको आशा राखेका छौं ।
० कौशीको विशेषताहरु के–के छन्  ?
नेपाली, इण्डियन, चाइनिज, सि फुड, कन्टिनेन्टल खाना र स्पेशल सेकुवा नै हाम्रा विशेषताहरु हुन् । फापर, कोदो, मकैको ढिँडो, लोकल कुखुरालगायतका परिकार पनि हामी उपलब्ध गराउँछौं । हामीले हाम्रा ग्राहकको रूचिअनुसारका खानाहरु उपलब्ध गराउँदै आएका छौं । हामीकहाँ आउने ग्राहकहरुको रूचिअनुसारको परिकार हामी सजिलै उपलब्ध गराउँछौं । यो रेष्टुरेण्टमा सबै वर्गका ग्राहकहरु आउँन सक्नुहुन्छ । हामीले सरसफाइमा पनि कुनै कम्प्रोमाइज गरेका छैनौं ।

यहाँ आउने ग्राहकले आफ्नो घरमा जस्तै निर्धक्क भएर खान सक्नुहुन्छ । यसै कारण नै हामीले ग्राहकको मन जित्न सफल भएका छौं । हाम्रो विशेषता नै अरूभन्दा फरक स्वाद र वातावरण दिन सक्नु हो । लन्च र डिनरका लागि थकाली खाना सेट लिनेका लागि कौशी नयाँ स्वाद हुन सक्छ । मलाई के लाग्छ भने खाना पहिले आँखाले खान्छ अनि नाक र त्यसपछि मात्र जिब्रोले । खानाको पहिलो ग्राहक आँखा हो । आकर्षक ढङ्गले पस्किएको खानामा आँखा रमाउँछ । हर्रर चल्ने वासनाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ । यस सँगसँगै खाना स्वस्थकर र हाइजेनिक हुनुपर्छ ।
० कौशीको वर्तमान अवस्था कस्तो छ  ?
हामीले भर्खर सुरु गरेका हौ । तर, पनि वर्तमान अवस्थालाई सन्तोषजनक नै मान्नुपर्दछ । अहिले प्रतिस्पर्धाको समय छ । कौशी आफ्नै तरिकाले अगाडि बढ्ने कुरामा म बिश्वस्त छु । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख लक्ष्य हो । हामी आफ्ना समस्त ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याइरहेका छौं ।

 पछिल्लो समय घरबाहिर गएर खाना खाने नेपालीको सङ्ख्या बढ्दो छ भनिन्छ । तपाईंको रेष्टुरेन्टमा खासगरी कस्ता खालका ग्राहकहरु आउनुहुन्छ ?

तपाईंले भनेजस्तै शहरको दौडधुपले मान्छे केही क्षण भए पनि आरामले खाना खाऔं भन्ने हुन्छ भने केही सधैँ घरमा एकै प्रकारको के खाने ? कहिलेकाहीँ त घरबाहिर गएर खाना खाऔं भन्ने हुन्छ । हो, पछिल्लो समयमा म पनि घरबाहिर गएर खाना खाने नेपालीहरुको सङ्ख्या बढेको पाउँछु । हामीकहाँ सबै खाले ग्राहकहरु आउँनुहुन्छ । विभिन्न पेशा, व्यवसायका मानिसहरु आउनुहुन्छ भने परिवार सहित पारिवारिक वातावरणमा रमाउन चाहनेहरु पनि आउनुहुन्छ । दैनिक जीवनको व्यस्तता र शहरी जीवनशैलीका कारण आममानिसको दैनिकी पनि फेरिँदै गएको छ । लामो समय लकडाउनका कारण घरको खाना र कामको व्यस्ततासँगै होटल तथा रेष्टुरेन्टको खाना खाने बानीको विकास हुँदै गएको हो कि भन्ने लाग्दछ ।
० अन्त्यमा  ?
स्वादसँगै तपाईंले खाने खाना हाइजेनिक छ कि छैन ? त्यसमा ध्यान पु¥याउनु जरूरी हुन्छ । तपाईं गएको ठाउँको खाना कति स्वस्थ र हाइजेनिक छ ? त्यसबारे अवश्य जानकारी राख्नुहोस् । सेवा, सुविधा र गुणस्तरमा ध्यान पुरेयाउनुहोस् भन्न चाहन्छु । साथै, तपाईंको यो लोकप्रिय स्टारपत्रिका अनलाईको माध्येमबाट म एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छु । र, मलाई सम्झेर केही कुरा राख्नी अवसर दिनु भएकोमा स्टारपत्रिका अनलाई परिवार प्रति आभार ब्यक्त गर्दछु ।

प्रकाशित मिति : 2020-08-05

फेसबुक पेज

Categories