Breaking News

कोरोना कहरका कारण देशमा भईरहेको लकडाउनका कारण प्राय सबै कामहरु ठप्प स्थितिमा छन । लकडाउनका कारण नेपाली मनोरञ्जन क्षेत्रमा पनि त्यतिकै प्रतिकुल असर परेको छ ।
नेपाली महिलाहरुकै महान चाड तीज नजिकिदै गरेको अवस्थामा पहिले भन्दा अहिले धेरै नै कम मात्रामा गीत तथा भिडियोहरु भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमन कुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा संगीतमा रहेको ’नाचौ गाउ रमाउ’ बोलको तीज गीतको भिडियोको शुटिङ सम्पन्न गरिएको छ ।

गीतमा चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य देख्न पाईन्छ । जागरण महिला समाज समुहको आयोजनमा तथा निर्देशक तथा सिनेम्याटोग्राफर राजु केसीको बिशेष सहयोगमा उक्त भिडियोलाई समपन्न गरिएको हो ।भिडियोलाई सुर्य महर्जनले छांयाकन गरेका हुन भने अर्की कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठलाई सघाएकी हुन । भिडियोमा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ । सम्पादन बिष्णु शर्माको रहेको छ ।

प्रकाशित मिति : 2020-07-11

फेसबुक पेज

Categories