Breaking News

काठमाडौं । हेन्सम मामाको नामले परिचित गोरखाका सागर अन्सारी अभिनित पछिल्लो चलचित्र ‘काले’ प्रदर्शनको लागि तयार भएपनि बिबिध कारणले प्रदर्शनमा आउन सकिरहेको छैन । कलाकार अन्सारीले ग्याङ लिडर, यति धेरै मायाँ, कालापानी, यस्तो पनि हुन्छ र मायाँ, तिम्रो मेरो प्रेम कहानी लगायतका चलचित्रमा खलपात्रको रुपमा काम गरिसकेका छन् । नेपाली सिने क्षेत्रमा खुँखार खलपात्रको रुपमा आफुलाई स्थापित गराउँने ठूलो सपना बोकेर यस क्षेत्रमा लागेका सागर अन्सारी यतिबेला गोरखा बजारमा आफ्नै ब्यवसाय गरेर बसिरहेका छन् ।

पुरानाखलपात्रहरु बिस्तारै बिस्थापित भैरहेको अवस्थामा सागर अन्सारी चलचित्रमा खुङ्खार पात्रका रुपमा देखा पर्ने भएपनि उनि अरुभन्दा फरक हाँस्य खलपात्रका रुपमा चिनिन चाहन्छन् । अभिनयको कुरा गर्नु पर्दा कुनै पनि भूमिकालाई सहजताका साथ निर्वाह गर्न आफु तयार रहेको बताउँने उनि सम्पुर्ण कलाकर्मीको सकारात्मक सोंचले नै चलचित्र उद्योगको बिकास हुने बिश्वास राख्छन् । चलचित्रमा डरलाग्दो भूमिकामा देखिएता पनि उनि वास्तबिक जीवनमा भने मिलनसार ब्यक्तित्वका रुपमा चिनिन्छन् ।

स्थानिय टिभि च्यानलबाट प्रसारण हुने सिरियल ‘ख्याल ठट्टा’ मा अभियन गरेकी ईशा लाप्रे चाडै नै ठूलो पर्दामा देखिने भएकी छन् । बाल कलाकार ईशा लाप्रे स्थानीय स्तरमा राम्रो बाल कलाकारको रुपमा लिईन्छ । स्कुलमा हुने बिभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउदै आईरहेकी ईशा निरन्तर कलाकारीतामा नै लागि रहने बताउछिन ।

प्रकाशित मिति : 2020-07-04

फेसबुक पेज

Categories