Breaking News

काठमाडौं । सहयोगको दायरा हुँदैन थोरै होस् वा धेरै । हुनुपर्छ त सहयोगि भावना । ०५२ मङ्सीर २६ गते मोरङको पत्थरी स्थित भुटानी शरणर्थी शिविरमा जन्मेका मुकेश सुवेदी अरुको दुःख देख्नै सक्दैनन् । हाल अमेरिकाको भर्जिनिया शहरमा बस्छै आएका मुकेशले बानेश्वरमा पानी बेचेर दुखदायी दैनिकी बिताई रहेका पाँच वर्षिय बाल अनुज होस वा दुबै मृगौलामा समस्या देखा परेर हस्पिटलमा छट्पटाई रहेकी जलजला परियार किन नहोस आर्थिक सहयोग उपलब्ध गराएका छन् । आफुमात्र कमाउ, आफुमात्र मोजमस्ति गरौ भन्ने सोचका मानिसहरुको भिडमा भिन्न सोचका मुकेश आफुले कमाएको पैसाले नेपालमा समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताउँछन् ।

सामाज सेवा गर्नु त उनलाई छ नै साथै कलाकारिता प्रति पनि उनको रुचि रहेको छ । आफु भुटानी भएपनि नेपालमा जन्मेका कारण नेपालको यति धेरै माया लाग्छ कि शब्दमा ब्यतm गर्न गाह्रो हुने रहेछ । त्यहि भएर यता बसेर निरन्तर नेपालमा समाज सेवा गर्ने सोचमा छु उनले भने । अमेरिकाको जस्तो सिस्टममा चल्ने देश नेपाल कहिले होला ? नेपालको समाचार सुन्दा, देशको परिस्थिती बिग्ररिएको देख्दा यति नरमाईलो र दुख लाग्छ मन सारै रुन्छ । अमेरिका भन्दा नेपाल धेरै राम्रो छ फरक यति छ अमेरिकामा सिस्टम छ नेपालमा छैन ।
‘समाज सेवाबाट होस वा कलाकारिताबाट आफ्नो मनले इछ्याएको काम गर्न पाउँदा खुशि लाग्छ । तर, धेरै ब्यतिहरुलाई सामाजिक कार्यका लागि यहाँबाट पैसा पठायो पैसा पाएपछि उनीहरु सम्पर्कमा नै आउँदैनन् त्यतिबेला सारै नरमाईलो लाग्छ ।’ उनको गुनासो छ ।

धुर्मुस सुन्तली फाउण्डेशनलका सिताराम दाईले सामाजिक सञ्जालमै हाल्नुभएको थियो मैले गरेको सहयोगबारे एकदमै खुशी लाग्यो । त्यस्तै केही युट्युव च्यानलले मैले पठाएको रकम पिडितको हातमै दिएको समाचार बनाएर सार्वजनिक गर्नुु भयो, यस्तो कार्यले आफुलाई समाजसेवा प्रति थप उत्साहित तुल्याएको उनले सुनाए ।केही समय पहिले प्रेम सागर पौडेलसँग मिलेर एउटा आधुनिक गीतको म्युजिक भिडियो निर्माण गरेका थिए ‘म मरेको खबर…’ जुन गीत चर्चित गायक प्रमोद खरेलले गाएका हुन् ।नेपालबाट स्थापित कलाकारहरु बोलाएर बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेका समाजसेवि, कलापे्रमि मुकेश सुवेदीको भावि योजना भनेको नेपाली चलचित्र निर्माण गर्नु रहेको छ ।

प्रकाशित मिति : 2020-07-01

फेसबुक पेज

Categories