Breaking News

काठमाडौं १६ असार । दोलखा, शैलुङ गा.पा.७, का स्थानीय बासिन्दा दिनेश बुढाथोकीले आज आफ्नो जन्मदिनको अवसर पारेर असाहय सडक बालबच्चाका लागि केही आर्थिक सहयोग गरेर मनाएका छन् । आधा दर्जन चलचित्र र एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले बिगतमा रुद्र, लाले, जय प्रशुराम, धनमान, लिला आदि चलचित्रमा जिवन्त अभिनय देखाईसकेका छन् ।

निर्माणधिन चलचित्रको नाम सार्वजनिक नगरेको भएपनि नायक दिनेशका अनुसार उनि उक्त चलचित्रमा पृथक भूमिका देखिने छन् । कलाकार भएपछि नायक नै हुनु पर्छ भन्ने उनको मान्यता छैन, आफुलाई सुहाउँदो जस्तो भुमिका भएपनि आफु सहज रुपमा काम गर्न तयार रहने बताउछन् । कला क्षेत्र आफैमा सम्मानिय क्षेत्र भएकोले यो क्षेत्रको सम्मान गर्दै समाजमा धेरै कुरा गर्न बाँकी रहेको बताउदै भविष्यमा पनि यसै क्षेत्रमा निरन्तर लागिरहने उनको सोंच रहेको छ ।

प्रकाशित मिति : 2020-06-30

फेसबुक पेज

Categories