Breaking News

काठमाडौं । नेसनल बक्स आफिस म्युजिक अवार्ड –२०७६ रसिया संस्करण अन्तर्गतको अवार्ड यसपटक काठमाडौंमा सामाजिक दुरी कायम गर्दै लकडाउनको बीच प्रदान गरिएको छ । कोभिड १९ को कोरोनाको मारमा देश, समाज र कलाकारहरुलाई सकारात्मक उर्जा प्रदान गर्नुको साथै लामो समयको लकडाउनमा गीत, संगीतका श्रस्टाहरुलाई समाजिक दुरी कायम गर्दै विश्वमै पहिलो पटक यस्तो अवार्ड सम्पन्न भएको संस्थाका अध्यक्ष रामबहादुर सुवेदी ‘आरक’ले बताए । यो भन्दा अघि विश्वमै पहिलो पटक उडिरहेको हवाई जहाज, समुन्द्र भित्र पानीमा, पानीमाथि र विश्वकै सर्वाेच्च शिखर सगरमाथाको आधार शिबिरमा रचनात्मक अवार्ड आयोजना गरेर विश्व किर्तिमानी कायम गर्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराई सकेका छन् । यसै क्रममा यसपटक पनि यस्तै रचनात्मक अवार्ड गरी अर्को विश्व रेकर्ड बनाउन लागेको अध्यक्ष सुवेदीले बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक लोहरुङ राई, ए डिभिजन मनाङ्ग मस्याङ्गदी क्लबका अध्यक्ष छिमि गुरुङ्ग, समाजसेबी सोनाम गुरुङ, पत्रकार मदन कुमार श्रेष्ठ लगायत विभिन्न व्यक्तिहरुको विशेष आतिथ्यमा सो अवार्ड प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्म सार्वजनिक भएका चलचित्र, आधुनीक, लोक दोहोरी, लोक, पप, राष्ट्रिय भावनाले ओतप्रोत, तिज, चाडपर्व, भाषाभाषिक, प्रवास, मोफसल सहित प्रतिविदा ३२ ओटाको दरले २२१ का तर्फबाट यो बर्षको कार्यक्रममा अवार्ड प्रदान गरिएको छ । आयोजक बक्स अफिस इन्टरनेशलन ग्रुपले कार्यक्रममा आयोजक अवार्ड, इन्करेजमेन्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड, क्रिटिक्स अवार्ड र जुरी अवार्ड प्रदान गरेको थियो । यो प्रतियोगितामा संगीतकार शम्भुजीत बासकोटा, राजु सिंह, महेश खड्का, चेतन सपकोटा, वसन्त सापकोटा ५ निर्णयक थिए । यी निर्णायकको निर्णयको अधारमा सो अवार्ड सम्पन्न गरिएको हो ।

यो अवार्डका लागि ३ हजार ७ सय ओटा गीत, संगीत र म्युजिक भिडियोको आवेदन परेको थियो । नेसनल बक्स अफिस म्युजीक भिडियो २०७६ संस्करणको विभिन्न विधा अन्तरगत विजेताहरु गायिका ज्ञानु राणा, गायक आनन्द कार्की, नव मोडल फरिता खड्का, गायक एम वराल, गायिका अन्जु पन्त, निर्देशक शोभित बसनेत, निर्देशक मदन घिमीरे, संगीतकार चेतन सापकोटा, संगितकार दिपक रमण, सदाबहार नायक तथा मोडल शितल केसी, बिशाल बिष्ट, गायिका मेलिना राई, गायक प्रमोद खरेल, संगीतकार विकास चौधरी, नव गायक राज क्षितिज, गायिका ज्योति मगर लगायत २२२ जनालाई बिबिध बिधामा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : 2020-06-24

फेसबुक पेज

Categories