Breaking News

काठमाडौ । लामो समयसम्मको लकडाउनले सबैतिर प्रभाव पारेको छ । नेपाली कला क्षेत्र पनि अहिले कोरोनाको मारमा परेको छ । यतीवेला लकडाउनका कारण अर्घाखाँचीमा रहेका उनी आगमी प्रोजेक्टका तयारी भइरहेको तर वर्तमान परिस्थितिका कारण केही समय पर धकेलिएको बताउँछन् । आगामी चलचित्र ‘अधुरो प्रेम कहानी’को तयारीमा रहेका उनी परिस्थिति सहज भए पछि छिट्टै छायाँकनमा जाने बताउँछन् । यही चलचित्रको पात्र सुहाउदो गेटअपका लागि आफू यतिवेला ज्यान बनाउन ब्यस्त रहेको बताए ।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी अभिनीत दुई दर्जनभन्दा बढी चलचित्रले व्यावसायिक सफलता हासिल गरेका छन् । उनी अभिनीत चलचित्र ‘सम्हाली राख है’ केही समय पहिले प्रदर्शनमा आएको थियो भने चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’ प्रदर्शनका लागि तयार छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९का कारण चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’ को प्रदर्शन तिथि केही समयपछि धकेलिएको छ । चलचित्र ‘सम्हाली राख है’ मा शीतलको कामको प्रशंसा भएको थियो ।

सदाबहार नायक शीतल अभिनीत जनचेतनामूलक वृत्तचित्र ‘कुपोषण हटाऊँ’मा पनि उनको अभिनयले तारिफ पाएको थियो । लामो समयदेखि निर्माता, निर्देशकको रोजाइमा पर्दै आएका सदाबहार नायक केसी विभिन्न सङ्घसंस्थाबाट उनले कला क्षेत्रमा पुराएको योगदानको मूल्याङ्कन गर्दै सम्मानित र पुरस्कृत भएका छन् ।

प्रकाशित मिति : 2020-06-08

फेसबुक पेज

Categories