Breaking News

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट पठनपाठन सुरु गर्न आग्रह गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको हो ।

आइतबार जारि गरिएको विज्ञप्तिमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न शैक्षिक संस्था खौलन आग्ह गरिरहएको छ । उनले भनेको छन् । शैशिक अपरिहार्य रहेको बताउँदै विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न तथा खुल्ला शिक्षालगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको बताएका छन् ।

‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेलको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : 2020-05-31

फेसबुक पेज

Categories