Breaking News

काठमाडौ । लकडाउनले कलाकारहरुलाई आफ्नो सिर्जनामा कुनै रोक लागेको छैन । हालै विनय कार्कीले आफ्नो आवाजमा नयाँ गीत बजारमा लिएर आएका छन् । उनको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको हो । यस गीतमा सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज रहेको छ ।

गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो ।

विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । अशोक महर्जनको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : 2020-05-31

फेसबुक पेज

Categories