Breaking News

काठमाडौ । पछिल्लो समय नेपाली कलाकारहरु नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । केहि दिन अगाडी बलिउड अभिनेतत्री मनिषा कोइरालो नेपालको नक्सा लिपुलेक कालापनी भएको बताउँदा उनको भारतमा खैरो खनियो । जसका विरुद्ध कलाकारहरु अहिले आवाज उठाइरहेका छन् । यसरी आवाज उठाउने क्रममा महानायक राजेश हमाल , अभिनेता दीपकराज गिरी ,अभिनेता सिनखिल उप्रेती यस बारे आवाज उठाउन थालेका छन् ।

अभिनेता निखिलले नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो लाइभ गर्दै यस्तो कुरा बताएका हुन् ।
केहि दिन अगाडी अँग्रेजी भाषामा नै राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताएका थिए । त्यस लगत्तै अर्का अभिनेता निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।
अभिनेता निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताए । उनले नेपाल कसैको गुलाम नभएको समेत भिडियोमा भनेका छन् ।

प्रकाशित मिति : 2020-05-23

फेसबुक पेज

Categories