Breaking News

काठमाडौ । लकडाउनको समयमा फिल्मलाई डिजिटल प्रविधि मार्फत देखाउन थालिएको छ । लकडाउनको अवधिमा झण्डै एक दर्जन भन्दा बढि फिल्म युट्युवमा आएका छन् । हालै फिल्म ‘लभ यु हमेसा’ युट्युवमा सार्वजनिक भएको छ ।

फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मलाई भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको छ । फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका निर्माता यवन रहेका छन् । लभ स्टोरीमा आधारित फिल्म रहेको छ ।

youtube.com/watch?v=N7oNFL5ECN4&feature=emb_logo

प्रकाशित मिति : 2020-05-23

फेसबुक पेज

Categories