Breaking News

काठमाडौ । नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा एक लोकप्रिय सङ्गीतकार हुन् सन्तोष श्रेष्ठ । दुई दशकभन्दा लामो समयदेखि सङ्गीतमै निरन्तर लागिरहेका सन्तोष श्रेष्ठले सीआरबीटीमा आफूलाई पहिलो नम्बरको सङ्गीतकारको रूपमा उभ्याउन सफल भएका छन् भने थुप्रै सङ्गीत लोकप्रिय छन् । यिनै लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्दरसङ्गीतमा तिम्रो मेरो दिलको बास ।

बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । समकालीन पुस्ताका चर्चित गायकरगायिका अन्जु पन्त र प्रमोद खरेलको युगल गायनको गीत सगरमाथा डिजिटल मार्फत प्रस्तुत गरिएको छ । कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङरमिक्सिङ रहेकोे प्रेम भावमा आधारित सन्तोषको आफ्नै शब्दरसङ्गीतमा पहिलोपटक तयार गरिएको यो गीत अहिलेको महामारीको कारण लिरिकल भिडियो सार्वजनिक गरिएको छ भने अनुकुल समयमा भिडियो सहित प्रस्तुत गरिने छ ।

https://www.youtube.com/watch?v=Z6GPn6tmAQc&feature=youtu.be&fbclid=IwAR1c1J0rUXs4LTcStX9SY6dhczeNvqWdybeh-YUxDdHedafl2RZ_ek0dbok

प्रकाशित मिति : 2020-05-22

फेसबुक पेज

Categories