Breaking News

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष रित्त पदको लागि १० जनाले आवेदन दिएका छन् । अध्यक्ष पदमा भुवन केसी, दयाराम दाहाल, भगवती कुमारी मैनाली उप्रेती, राजेश थापा, अर्जुन कुमार डंगोल, ध्यान बहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्र कुमार उप्रेती र दिपक श्रेष्ठले आवेदन दिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षको रिक्त पदका लागि मागेको आवेदनको अन्तिम समय १० जनाले आवेदन दिएका हुन् ।

बोर्डमा राजनीतिक निकटताका आधारमा नियुक्ति हुँदै आएको छ । आवेदन दिएसँगै अध्यक्षका दावेदार‚ नेकपा निकट कलाकारहरु नेकपाका नेताहरुलाई आफ्नो पक्षमा बोलिदिन आग्ह गरिरहेका छन् । अहिलेसम्मको लेखाजोखा गर्ने हो भने निर्देशक दाहाल र नायक केसी बलिया दावेदार देखिएका छन् । दाहाल नेकपा निकट जनपक्षीय चलचित्रकर्मी संघका आधिकारीक आवेदक हुन्। केसी तत्कालीन एमालेबाट समानुपातिक सूचीमा परेका थिए । जसका कारण पनि निर्देशक दाहाल र अभिनेता भुवन बोर्ड अध्यक्षका लागि बलिया देखिएका हुन् ।

प्रकाशित मिति : 2020-05-22

फेसबुक पेज

Categories