Breaking News

काठमाडौं, । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज एकाविहानै ३० जनामा कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी,चितवन,कपिल वस्तु र सर्लाहीका रहेका छन् । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : 2020-05-22

फेसबुक पेज

Categories