Breaking News

काठमाडौं, । अभिनेत्रीको भारतिय मिडियाले चर्को विरोध गरिरहेका बेला यता नेपालका महानायक राजेश हमाल पनि बोलेका छन् । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तथा क्षेत्रफल सार्वजनिक गरेपश्चात बलिउड अभिनेत्री मनिषा कोइराला बोले पछि उनको भारतीय मिडियामा नेपालको चर्को विरोध हुन थालेको हो ।

अभिनेत्री मनिषा कोइरालाले नेपालको पक्षमा बोल्दा उनको नेपालमा वाहवाही भइरहेको छ । तर, भारतीय मिडियाले भने उनको खेदो खनिरहेको छ । यस्तै, अभिनेता राजेश हमालले पनि यो बिषयमा मुख खोलेका छन् । अभिनेता हमालले आफ्नो फेसबुकमा सार्बजनिक गरेको भिडियोमा ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ । इतिहास साँक्षी छ, लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो । भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् ।

हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैसँग सम्झौता गर्दैन’ भनेका छन् । साथै, अभिनेता हमालले सीमानाको समस्यालाई भारतले इतिहास, तथ्यांक तथा प्रमाणको आधार हेरेर कुटनीतिक तवरमा समस्या समाधान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 2020-05-21

फेसबुक पेज

Categories