Breaking News

काठमाडौं । कोरोनाका कारण त्रसित बनेका नेपालीहरु अहिले विमा गराउनेको संख्या ह्यात्तै बढेको छ । कोभिड(१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।

अहिलेसम्म १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क उठेको बताइएको छ। निर्जीवन बिमा कम्पनीहरूका सीईओहरूको संगठन निर्जीवन बिमक संघका अध्यक्ष दीप प्रकाश पाण्डले दिएको जानकारीअनुसार यो रकम अरु बेलाको भन्दा उल्लेख्य मात्रामा हो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : 2020-05-21

फेसबुक पेज

Categories