Breaking News

काठमाडौ । आफ्नो भाषा संस्कृतिको मायाँ कसलाई पो न होला र ? बिभिन्न जातिको आ–आफ्नै भाषा संस्कृति हुन्छ । कतिपय जातिको भाषा लोप भैसकेका छन् भने कतिपयले आफ्नो भाषा, संस्कृति र भेषभूषा संरक्षणका लागि जुटिरहेका छन् । यसै सिलसिलामा पछिल्लो पटक गायक निर्मल सुब्बाले लिम्बु भाषाको गीत सार्वजनिक गरेका छन् । उनले गीतको भिडियो सहित आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा लिम्बु कला, संस्कृतिलाई झल्काउँने प्रयास गरेका छन् निर्देशक लोकेन साँवाले । ‘पकन्दी चानु वासी ना आहा छुईया हा… अर्थात ‘मायाँको कुरा गरौ. कि…’ बोलको गीतका संगीतकार अशोक लोहरुङ राई हुन् । गायक सुब्बालाई गायिका श्रेयाशी चेम्जोङले स्वरमा साथ दिएकी छन् । आफु रहरले गाउँने भएकोले यो गीतले श्रोताको मन नित्न सफल हुनेछ भन्ने आशा गायक सुब्बाले लिएको छन् । भिडियोमा के साङ्ला चलचित्रका नायक भीम तुम्बाहाम्फे र नायीका सुक्मिता केरुङको जिवन्त अभिनय देख्न सकिन्छ । शब्द कल्पना आङ्बुहाङ, क्यामेरा भुपेन्द्र तुम्बाहाम्फे, सम्पादन अनिल रानाको रहेको छ ।

प्रकाशित मिति : 2020-05-20

फेसबुक पेज

Categories