Breaking News

काठमाडौं । लकडाउनको समयमा सबै घरमा बसेका बेला गायक गायिकाहरु गीत बजारमा ल्याउने क्रम रोकिएको छैन । प्रवासमा रहेर गीतसंगीतलाई माया गर्ने धेरै स्रष्टाहरु रहेका छन् । पछिल्लो समय राम्रा, राम्रा शब्द सृर्जना गरेर गीति लेखनमा आफ्नो पृथक पहिचान बनाउँन सफल गीतकार समुन्द्र के.सी.को प्रस्तुति ‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल…’ बोलको लिप्सिङ सहितको अडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

कैलाश क्रान्तिको संगीत, कृष्णभक्त राईको एरेन्जर रहेको गीतमा मिठो स्वरका धनि निर्मल सुब्बा लगायतकोे स्वर समेटिएको छ । हालसम्म गायक निर्मल सुब्बाले तीन दर्जन बढी गीतमा स्वर भरिसकेका छन् । त्यस्तै उनले केही लिम्बु भाषाका गीत पनि गायका छन् । सुब्बा भन्छन्, ‘गीत, संगीत पेशा नभएर आफ्नो रहर र आत्म सन्तुष्टिको लागि गाउने गरेको हुँ ।’
गायक सुब्बाले यस गीतको म्युजिक भिडिया समेत निर्माण गरिसकेका छन् ।

प्रकाशित मिति : 2020-05-19

फेसबुक पेज

Categories