Breaking News

काठमाडौ । देशमा लकडाउन लागेको दुइमहिना भइसकेको छ । यस बिचमा गीतसंगीत रेकर्र्ड हुने त कुरै भएन । यसका अलवा रामजी खाडं र देवी घर्ति मगरको आवाजमा तीज गीत सार्वजनिक भएको छ । ‘यसपालीको तीजमा कतै नजाम भो’ बोलको गीतमा कोरोना कारण तीजमा माइता नजाने कुरा छ ।

बसन्त विश्वकर्माको शब्द संगीत रहेको गीतमा कृष्ण विक ‘भान्जा’ को संगीत सम्योजान रहेको छ । रामजी प्रसाद पन्त निर्देशित भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश धमलाको सम्पादन रहेको भिडियोमा रामजी खाडं र अनुषा पन्त फिचर्ड छन् । भिडियोको शृंगार रोशन भुषालले सम्हालेका छन्।
अरु बेला जस्तो भएको भए यति बेला तीजका सयौ गीत रेकर्डिङ भइसकेका हुने थिए ।

प्रकाशित मिति : 2020-05-19

फेसबुक पेज

Categories