Breaking News

काठमाडौ । गायक प्रकाश सपुतले कोरोनाले आफ्नो भ्रम र घमण्ड चिरिदिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै –‘पछिल्लो दुई वर्ष मैले जुन जीवन जिएँ, जुन उपलब्धि हासिल गरे, यो सधैं यस्तै रहन्छ भन्ने भ्रम र घमण्ड कोरोनाले नराम्रोसँग चिरिदिएको छ । म पुनः त्यही धरातलमा फर्किएको छु, जहाँबाट केही उचाइ पुगेरै छाड्ने अठोट सहित हिँडेको थिएँ । मैले यो परिस्थितिलाई सहर्ष स्वीकारेको छु र त्यसरी नै बाँचेको छु, जसरी पहिला थियो ।’
उनी आफ्नै जन्मथलो बाग्लुङमा रहेका छन् ।

उनले गाउँका सीमाहरुमा खटिएका सुरक्षाकर्मीसँग आफ्नै घरमा तस्वीर खिचाउँदै गायकले क्याप्सन लेखेका छन् –‘खासमा उहाँहरू आएर लकडाउनसँगै रोकिएको मेरो त्यो जीवनलाई सझाइदिनु भयो र विशेष महसुस गराइदिनुभयो ।’ उनले, कोरोना त्रासकाबीचमा पनि ज्यानको पर्वाह नगरी खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सलाम भन्दै सुरक्षित बस्न र सहयोगी बन्न अपिल गरेका छन् । गायक सपुत लकडाउन अगाडि चलचित्र ‘परदेशी(२’को छायांकनमा व्यस्त थिए । सायद उनले खेलको पहिलो फिल्मको सुटिङ अधुरो भएका कारण यि शब्द पोखेका हुन् कि भन्ने भाव भइरहेको छ ।

प्रकाशित मिति : 2020-05-19

फेसबुक पेज

Categories