Breaking News

मुम्बई । लकडाउनका बेला बलिउड अभिनेता धर्मेन्द्र पूरा समय फार्महाउसमा बिताइरहेका छन् । उनी फार्महाउसमा कहिले तरकारी केलाउँदै त, कहिले ट्रयाक्टर चलाउँदै गरेको तस्विरहरु टुइटरमा सार्वजनिक गरेपछि यि कुराहरु थाहा भएको हो । धर्मेन्द्रले एक नयाँ भिडियो सेयर ट्विटरमा गरेका छन्, जसमा बाँसको सामुन्ने बसी आफ्नो कौशलता प्रस्तुत गरिरहेका छन् । भिडियोमा बाँसतर्फ देखाउँदै हाँसेर भनिरहेका छन्, ‘यो रुख धेरै ठूलो थियो । तर आँधीले गर्दा ढल्यो ।’

उनले आँधीमा उडेर आएको एक जरालाई सुन्दर तरिकाले सजाएका छन् । उनले लेखेका छन्, ‘बानी परिसक्यो मेरो, जे पनि सेयर गरिदिइहाल्छु । बुढो बाँस आँधीले ढलेको थियो । जसरी तसरी सम्हालेँं । उसको आशिर्वाद । खुसी रहनुस् । लभ यू अल ।’केही दिनअघि उनले गाईले बाच्छो जन्माएको कुरा पनि बताएका थिए । उनी आजकल खेती गर्दै गरेको, तरकारी तौलँदै गरेको र ट्र्याक्टर चलाउँदै गरेको भिडियो पनि सेयर गर्दै आएका छन् ।  लकडाउनयता धमेन्द्र सामाजिक सञ्जालमार्फत् प्रशंसक र शुभचिन्तकसँग अन्तक्र्रिया गर्दै आइरहेका छन् । स–साना कुराको पनि भिडियो सेयर गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : 2020-05-19

फेसबुक पेज

Categories